नियम ३
आकस्मिक कोषको सञ्चालन
(१) कुनै आकस्मिक काममा आकस्मिक कोषबाट खर्च गर्नु भनी नेपाल सरकार, मन्त्रिपरिषद्ले निकासा दिएमा मात्र आकस्मिक कोषबाट
रकम झिकेर खर्च गर्न सकिनेछ ।
(२) आकस्मिक कोषको सञ्चालन अर्थ मन्त्रालयबाट हुनेछ र यसको सञ्चालन र रकमको निकासा सम्बन्धी स्रेस्ता र हिसाब अनुसूचीमा तोकिएको ढाँचामा अर्थ सचिवले वा निजले तोकेको अन्य कुनै अधिकृतले राख्नेछ ।